Interior Design in Nepal | घर सजाउदा कसरी सजाउने| How to Interior Design Home or office

 Interior Design को परिचय





  Interior Design को बारेमा तपाइहरुले धेरै सुन्नु पढ्नु र देख्नु भएको होला । कुनै पनि घरको बाहिरी वा भित्री आवरण लाई आकर्षक तरिकाले सजाउनु लाई Interior decoration  भनिन्छ । आधुनिक जमानामा त्यसलाई विभिन्न माध्यमले Design गरेर एक आर्को सङ्ग मेल खाने गरि सजाइन्छ र अझै आकर्षक बनाइन्छ । त्यहि Design गर्ने कामलाइ Interior Design भनिन्छ ।

Interior Design Decoration र साधारण Decoration मा के फरक छ ?

 Interior design decoration मा तत सम्बन्धि दक्ष जनशक्तिले आधुनिक प्रबिधिको प्रयोग गरि पहिला त्यसको डिजाइन तयार गरि सोही बमोजिम उचित लागेको डिजाइन लाई कार्यान्वयनमा लैजान्छ्न जसले आधुनिक सजावटको कारण सजाएको ठाउँ आकर्षक देखिन्छ भने साधारण डेकोरेशनमा आफ्नो तवरले गरिने हुनाले डेकोरेशनमा प्रयोग गरिने समानको बीचमा तालमेल नमिल्ने हुदा खर्च गरे बमोजिमको सन्तुष्टि पनि पाइदैन । घर सजाउदा रङ्ग रोगन देखि फ्लोरिङ र फर्निसिङमा प्रयोग हुने रङ्गको पनि महत्त्वपूर्ण भुमिका हुने हुदा डिजाइनरले ती सबै कुरालाई ध्यान दिएर डिजाइन गर्ने हुदा घर कोठा अति आकर्षक देखिन्छ साधारण सजावटमा यी सबै कुराको त्यति ख्याल गरिदैन तर सजाउने सामानहरु फर्निचर, रङ, रोगन, वालपेपर एवं फ्लोरिङ टायल मार्बल सबै जतिसुकै राम्रा प्रयोग गरे कहि न कहि तालमेल मिलिरहेको हुदैन । 

 Simple kitchen decoration


Interior hall room design

  
Modular kitchen design


Simple hall room design


Interior Design भित्र कस्तो काम हुन्छ र कहाँ कहाँ काम हुन्छ?

Interior Designer ले के के Disign गर्छ ? सबै भन्दा पहिला यो कुरा थाहा पाउनु पर्छ त्यसपछी  उसले गरेको डिजाइनमा कसले कसरी काम गर्छ ? त्यो पनि बुझ्नु पर्द्छ ।त्यसपछि हामिलाई डिजाइनरले दिएको डिजाइनमा के कति समान लाग्छ र कस्तो समान प्रयोग हुन्छ त्यो पनि बुझ्नु पर्दछ । खासमा Interior design भित्र पर्ने काम र काम हुने क्षेत्र निम्न प्रकारका छन

Interior Design मा काम हुने क्षेत्र :

१. सबै प्रकारको होटेल रेष्टुरेन्टको डेकोरेशन:

२.सबै प्रकारको सपिङ मल , सुपरमार्केट, हस्पिटल , बैंक तथा सरकारी वा निजि अफिस लगायतको Indoor , Outdoor डेकोरेशन:

३. किचन कोठा , हल कोठा, सुत्ने कोठा लगयतको एउटा घरको Indoor , outdoor  सबै डेकोरेशन:

यस सम्बन्धी बिस्तृत जानकारी चाहिएमा कमेन्ट गर्नुहोला सो सम्बन्धि अलाग अलग जानकारी आवश्य गराउने  छु

Interior Design भित्र पर्ने कामहरू 

१. सबै प्रकारका घरहरुको रङ रोगन डेकोरेशन: 

२. सबै प्रकारको फ्लोरिङ डेकोरेशन जस्तै कार्पेट ,पार्केट ,टायल ,मार्बल आदि:

३. वाल पेपर डेकोरेशन र फल्स सिलिङ डेकोरेशन;

४. लाइट डेकोरेशन :

५. सबै प्रकारको फर्निचर डेकोरेशन:

६. सबै प्रकारको पर्दा डेकोरेशन:


यस सम्बन्धी बिस्तृत जानकारी चाहिएमा कमेन्ट गर्नुहोला सो सम्बन्धि अलग अलग जानकारी आवश्य गराउने  छु

Interior Design Decoration के महङ्गो छ ?

हामिले कतिपय बिज्ञापन वा चलचित्र वा अन्य माध्यमबाट आकर्षक ढंगले सजायको घर,अफिस ,होटल देखिरहेका हुन्छौ र आफ्नो घर अफिस लाई उस्तै गरि सजाउने सोच राख्दछौ त्यो स्वभाविक पनि हो वर्षौको मेहनतले घर बनाउछौ वा वर्षौ लाई सोचेर अफिस होटेल खोलेका हुन्छौ त्यसलाई राम्रो आकर्षक बनाउन हर सम्भव कोसिस गर्छौ कति जानकारी भएर वा नभएरै पनि हामी सोचे जस्तो डिजाइनर पाउदैनौ र धेरैको सल्लाह लिन्छौ र अनेकौं उपाए लाएर घर सजाउछौ । हामिलाइ एउटा भ्रम के परि रहेको हुन्छ भने Interior Designer ले डिजाइन गरेर घर सजाउदा खर्च महङ्गो पर्छ ।त्यसपछि कति आफै डिजाइनर बन्छौ भने कत्ति त ठेकेदार र पेन्टरलाइ नै डिजाइन गर्ने जिम्मा दिन्छौ कतिपय अवस्थामा आफन्त सङ्ग सल्लाह मागिरहेका हुन्छौ अनि उनीहरुको सल्लाहमा घर सजाउन थाल्छौ जसले खर्च भइरहेको हुन्छ तर सन्तुष्ट भने हुदैनौ । यसरी अनेकौ सल्लाह र असम्बन्धित पक्षको सुझावमा गरेको खर्च कतिपय अवस्थामा त ठिकै पनि हुन सक्छ तर अधिकतम मात्रामा सहि हुदैन । 

अन्तमा मेरो अनुभवको आधारमा र मैले गरेको अध्यनको आधारमा म के भन्छु भने यदि तपाइलाइ थोरै मात्रै भए पनि Interior Design को ज्ञान छ भने आफै आफ्नो घर सजाउदा राम्रो हुन्छ वा दोस्रो विकल्प तपाइले Interior Designer बाट डिजाइन बनाएर काम गर्ने दक्ष कामदार आफै खोजेर घर सजाउन पनि सक्नु हुन्छ होइन भने  तपाइले Interior Designer बाट डिजाइन बनाएर Interior Design कम्पनी लाई सिधै काम गर्ने जिम्मा दिन पनि सक्नु हुन्छ । यसरी तुलनात्मक रूपमा पहिलो  बिकल्प केही सस्तो हुन सक्छ नत्र आधुनिक समानको प्रयोग गरिसके पछि घर सजाउदा सबै विकल्पमा खर्च उस्तै उस्तै पर्न जाने हुदा तेस्रो बिकल्पमा बिना झन्झट कम्पनीलाई जिम्मा दिदा राम्रो हुन्छ तर यो अवस्थामा आफुले प्रयोग गर्ने सबै समानको बारेमा भने पहिले नै कुरा टुङ्याउनु पर्छ जसले काम गर्ने कम्पनी काम लागाउने बिच असमझदारी हुदैन र काम गर्न गराउन सजिलो हुन्छ ।



No comments:

Post a Comment

घरको रङ कसरी गर्ने?

  १. नीलो र सेतो प्लेड वालपेपर संग बाथरूम यस DIY पेन्ट प्रविधिको लागि, तपाईंलाई तीन समन्वय रङहरू चाहिन्छ। भैंसी जाँच ढाँचा बनाउन, 4 इन्चको ...