Sigmo decor Best interior design घर कसरी सजाउने!

 



Interior Design introduction 


इन्टेरियर डिजाइनको बारेमा कुरा गर्नु पर्दा सबै भन्दा पहिले यसको आधारभुत बिसयमा प्रष्ट हुनु जरुरी छ । ८०, ९० को दशक  पहिला  केवल राज खन्दानका घर र राजमहलमा ब्यबस्थित ढंगले कोठा र प्यासेजलाई सजाउने काम हुन्थ्यो ।  ८०, ९० दशक तिर मध्यम बर्गका ब्याक्तिहरुले काठका फर्निचर लाई घरमा सजाउन थाले । आफै आफ्नै तरिका ले देखेर कपि गरेर घरमा सजावटका सामान ल्याउने सजाउने गर्न थाले । बिस्तारै मध्यम बर्गका ब्याक्तिहरुले पनि डिजाइनरहरु बाट डिजाइन निकालेर घर सजाउन शुरु गरे । बिस्तारै अपार्टमेन्टहरु, भिल्ला हरु बन्न थाले व्यावसायिक मल कम्प्लेक्सहरु बन्न थाले ती ठाउमा नि  इन्टेरियर डिजाइनरले काम गर्न थाले र आज साना तथा ठुला सहरमा इन्टेरियर डिजाइनको माग बढ्न थालेको छ । वास्तवमा के हो त इन्टेरियर डिजाइन भनेको र यसलाइ कसरी डिजाइन गरिन्छ? किन इन्टेरियर डिजाइन अहिले अपरिहार्य बन्यो त ? यी बिसयमा पहिला कुरा गरौ ।

 तपाईं हामी पुराना महल आधुनिक कम्प्लेक्स ,व्यापारिक मल,भिल्ला , अपार्ट्मेन्ट हस्पिटल , होटल रेष्टुरेन्ट आदि ठाउँमा गएका छौ देखेका छौ त्यहा ससाना समान पनि कति व्यबस्थित तरिकाले राखेको हुन्छ रङ्गरोगन अन्य समान पनि एक अर्कासङ्ग म्याचिङ गरेर राखेको हुन्छ फ्लोरिङ्ग देखि फल्स सिलिङ सबै अति सुम्दर ढंगले डेकोरेट गरेको हुन्छ हो यही आकर्षक डिजाइन बनाउने काम नै इन्टेरियर डिजाइन हो वा आर्किटेक र सिभिल ईन्जिनियरले वा ठेकेदारले  संरचना को काम सम्पन्न भए पछि को सबै काम इन्टेरियरमा पर्छ र यसैलाइ व्यबस्थित र आकर्षक बनाउन रेखांकन वा नक्सा र ग्राफिक डिजाइन बनाउने कामलाई इन्टेरियर डिजाइन भनिन्छ । 


Interior design  मा कसरी काम हुन्छ ?

 घर , अफिस वा होटल सानो होस या ठुलो सबैको चाहना   हुन्छ त्यसलाइ राम्रो बनाएर सजाउने र आकर्षक मनमोहक बनाउने । अझ अहिले सोसल मिडियाको जमानामा त अझ देखा सिकि नक्कल गरेर कसको भन्दा राम्रो वा उसको जस्तै बनाउने भन्ने चलन पनि छ । जसको लागि बाल पेन्टिङ , वालपेपर , फ्लोरिङ ,फर्निचर लाइट लगायत सामान सोसल मिडियामा सर्च गरेर त्यसको प्रयोग गरेको पनि पाइन्छ । खोजी खोजी समान जुटाउनु हुन्छ तर पनि तपाइलाइ आफ्नो घरमा वा अफिसमा के नमिलेको जस्तो लागिरहन्छ किन कि तिनै भएको समान पनि उचित ठाउँमा मिलाउन सबैलाई आउदैन  । हामिले के गर्छौ भने एउटा पेन्टरसङ्ग वा फर्निचर वाला सङ्ग आफ्नो घर अफिसको सजावटको अपेक्षा राखेका हुन्छौ उसले पनि आफुले जाने गर्छ तर त्यो सहि बन्दैन ।त्यसैको समाधानको लागि इन्टेरियर डिजाइनको आवश्यकता पर्छ । 

https://sigmointerior.blogspot.com/2023/05/interior-design-in-nepal-how-to.html

Interior design का अफिसहरुले कसरी काम गर्छन?

हामिले कतिपय बिज्ञापन वा चलचित्र वा अन्य माध्यमबाट आकर्षक ढंगले सजायको घर,अफिस ,होटल देखिरहेका हुन्छौ र आफ्नो घर अफिस लाई उस्तै गरि सजाउने सोच राख्दछौ त्यो स्वभाविक पनि हो वर्षौको मेहनतले घर बनाउछौ वा वर्षौ लाई सोचेर अफिस होटेल खोलाका हुन्छौ त्यसलाई राम्रो आकर्षक बनाउन हर सम्भव कोसिस गर्छौ कति जानकारी भएर वा नभएरै पनि हामी सोचे जस्तो डिजाइनर पाउदैनौ र धेरैको सल्लाह लिन्छौ र अनेकौं उपाए लाएर घर सजाउछौ तर सन्तुष्ट हुदैनौ त्यही समान उति नै खर्च तर सोचेको नतिजा नहुदा सन्तुष्ट हुने कुरा पनि भएन । त्यसको लागि हामीले जान्न जरुरी छ कि इन्टेरियर डिजाइनका कम्पनी वा फर्मले कसरी काम गर्छन त? 

१. सर्वप्रथम त उनिहरुसङ्ग सम्बन्धित फिल्डमा बिज्ञ जनशक्ति हुन्छ ।

२. उनिहरुले न केवल एउटा कुरा सबै कुरालाई समावेश गरेर धेरै बिकल्पमा फिचर तयार गर्छन त्यो फिचर तपाईं सामु पेश गर्छन र तपाईंले छानेको फिचरमा दक्ष जनशक्ति लगाइ काम गर्छन।

३. फिचर तयार गर्दा लो कस्ट हाइ कस्ट सबैलाई बिचार गरेर तयार गर्छ्न तर तपाइँको च्वाइसमा काम गर्छ्न ।

४. खालि कोठा र खाली स्पेस सबै उचित नाप नक्सा बमोजिमको डिजाइनमा काम गर्छन 

५. सफ्टवेयरको माध्यमले 3D पिक्चर तयार गरि घरको डिजाइन बनाउछन र उत्कृष्ट देखिएको डिजाइन प्रयोग गर्छन

https://sigmointerior.blogspot.com/2023/05/interior-design-in-nepal-how-to.html



No comments:

Post a Comment

घरको रङ कसरी गर्ने?

  १. नीलो र सेतो प्लेड वालपेपर संग बाथरूम यस DIY पेन्ट प्रविधिको लागि, तपाईंलाई तीन समन्वय रङहरू चाहिन्छ। भैंसी जाँच ढाँचा बनाउन, 4 इन्चको ...