Interior Design को परिचय
Interior Design को बारेमा तपाइहरुले धेरै सुन्नु पढ्नु र देख्नु भएको होला । कुनै पनि घरको बाहिरी वा भित्री आवरण लाई आकर्षक तरिकाले सजाउनु लाई Interior decoration भनिन्छ । आधुनिक जमानामा त्यसलाई विभिन्न माध्यमले Design गरेर एक आर्को सङ्ग मेल खाने गरि सजाइन्छ र अझै आकर्षक बनाइन्छ । त्यहि Design गर्ने कामलाइ Interior Design भनिन्छ ।
Interior Design Decoration र साधारण Decoration मा के फरक छ ?
Interior design decoration मा तत सम्बन्धि दक्ष जनशक्तिले आधुनिक प्रबिधिको प्रयोग गरि पहिला त्यसको डिजाइन तयार गरि सोही बमोजिम उचित लागेको डिजाइन लाई कार्यान्वयनमा लैजान्छ्न जसले आधुनिक सजावटको कारण सजाएको ठाउँ आकर्षक देखिन्छ भने साधारण डेकोरेशनमा आफ्नो तवरले गरिने हुनाले डेकोरेशनमा प्रयोग गरिने समानको बीचमा तालमेल नमिल्ने हुदा खर्च गरे बमोजिमको सन्तुष्टि पनि पाइदैन । घर सजाउदा रङ्ग रोगन देखि फ्लोरिङ र फर्निसिङमा प्रयोग हुने रङ्गको पनि महत्त्वपूर्ण भुमिका हुने हुदा डिजाइनरले ती सबै कुरालाई ध्यान दिएर डिजाइन गर्ने हुदा घर कोठा अति आकर्षक देखिन्छ साधारण सजावटमा यी सबै कुराको त्यति ख्याल गरिदैन तर सजाउने सामानहरु फर्निचर, रङ, रोगन, वालपेपर एवं फ्लोरिङ टायल मार्बल सबै जतिसुकै राम्रा प्रयोग गरे कहि न कहि तालमेल मिलिरहेको हुदैन ।
Interior Design भित्र कस्तो काम हुन्छ र कहाँ कहाँ काम हुन्छ?
Interior Designer ले के के Disign गर्छ ? सबै भन्दा पहिला यो कुरा थाहा पाउनु पर्छ त्यसपछी उसले गरेको डिजाइनमा कसले कसरी काम गर्छ ? त्यो पनि बुझ्नु पर्द्छ ।त्यसपछि हामिलाई डिजाइनरले दिएको डिजाइनमा के कति समान लाग्छ र कस्तो समान प्रयोग हुन्छ त्यो पनि बुझ्नु पर्दछ । खासमा Interior design भित्र पर्ने काम र काम हुने क्षेत्र निम्न प्रकारका छन
Interior Design मा काम हुने क्षेत्र :
१. सबै प्रकारको होटेल रेष्टुरेन्टको डेकोरेशन:
२.सबै प्रकारको सपिङ मल , सुपरमार्केट, हस्पिटल , बैंक तथा सरकारी वा निजि अफिस लगायतको Indoor , Outdoor डेकोरेशन:
३. किचन कोठा , हल कोठा, सुत्ने कोठा लगयतको एउटा घरको Indoor , outdoor सबै डेकोरेशन:
यस सम्बन्धी बिस्तृत जानकारी चाहिएमा कमेन्ट गर्नुहोला सो सम्बन्धि अलाग अलग जानकारी आवश्य गराउने छु
Interior Design भित्र पर्ने कामहरू
१. सबै प्रकारका घरहरुको रङ रोगन डेकोरेशन:
२. सबै प्रकारको फ्लोरिङ डेकोरेशन जस्तै कार्पेट ,पार्केट ,टायल ,मार्बल आदि:
३. वाल पेपर डेकोरेशन र फल्स सिलिङ डेकोरेशन;
४. लाइट डेकोरेशन :
५. सबै प्रकारको फर्निचर डेकोरेशन:
६. सबै प्रकारको पर्दा डेकोरेशन:
यस सम्बन्धी बिस्तृत जानकारी चाहिएमा कमेन्ट गर्नुहोला सो सम्बन्धि अलग अलग जानकारी आवश्य गराउने छु